नेपाल उद्योग तथा व्यवसायी महासंघले माघ ७ गते हुने केन्द्रिय समितिको विस्तारित बैंठकलाई आफुमातहतमा घटक संगठनको सुदृढीकरण र महासधिवेशनमा केन्द्रित गर्ने भएको छ । नेकपा एमालेको धुलिखेलमा सम्पन्न जनसंगठन सुदृढीकरण कार्यशाला गोष्टीले जनसंगठन सहि रुपमा परिचालन हुन नसकेको निष्कर्ष निकालेसँगै महासंघको माघ ७ गते बस्ने केन्द्रिय कार्यसमितिको विस्तारित बैंठक सोही मुद्दामा केन्द्रित हुने भएको हो ।
महासंघको यसअघि बसेको केन्द्रिय पदाधिकारी बैंठकले आफु मातहतमा घटक संगठनको अधिवेशन बैंशाख १५ गतेभित्र गरिसक्न निर्देशन दिएको थियो । जस अनुरुप पालिका स्तरको फागुन मसान्त, जिल्लाको चैत्र १५ भित्र बस्तुगत संघको चैत भित्र र प्रदेश स्तरको बैशाख १५ गतेसम्म अधिवेशन सम्पन्न गर्नुपर्नेछ ।