नेपाल उद्योग तथा व्यवसायी महासंघ बारे

जनतालाई राजनीतिक अधिकारसम्पन्न तुल्याउन इतिहासका विभिन्न कालखण्डमा थुप्रै क्रान्तिहरु सम्पन्न भए । विशेषगरी विसं २००७ र २०४६ को राजनीतिक क्रान्तिले उपरोक्त दुई पारिवारिक निरंकुश र एकदलीय शासन व्यवस्थालाई सदाका लागि अन्त्य ग¥यो र मुलुक प्रजातान्त्रिक शासन व्यवस्थातर्फ अगाडि बढ्यो । विसं २०६२÷६३ को अर्को महत्वपूर्ण जनआन्दोलन भयो जसले मुलुकलाई लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको रुपमा स्थापित ग¥यो । राजनीतिक क्रान्ति पूरा भएको उद्घोष गर्दै प्रमुख राजनीतिक दलहरुले अव मुलुक आर्थिक क्रान्तिको एजेण्डामा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे ।
विभिन्न राजनीतिक दर्शनहरुलाई अवलम्बन गरी विश्वका कतिपय मुलुकहरुले आर्थिक क्रान्तिमा ठूलो फड्को मारिरहेको पृष्ठभूमिमा नेपाल भने अझै पनि गरिवी र पछौटेपनबाट माथि उठन नसकेको अवस्था छ । स्वदेशभित्र रोजगारीका अवसरहरु सिर्जना हुन नसकेपछि पचासौं लाख युवा जनशक्ति खाडी मुलुकको प्रचण्ड गर्मीमा काम गर्न बाध्य छन् । स्वदेशभित्र उद्योगधन्दा खुल्न सकेका छैनन् । उद्योग व्यवसाय प्रवद्र्धनको स्पष्ट दृष्टिकोण नभएको र मुलुकभित्र स्थापित उद्योग व्यवसायहरुले भोगिरहेका समस्याहरु उपर वास्तविक, व्यवहारिक, जिम्मेवार र तर्कसंगत ढंगले सम्बद्ध निकायहरुसमक्ष आवाज बुलन्द गर्ने निजीक्षेत्रको प्रभावकारी प्रतिनिधिमूलक संस्थाको सर्वथा अभाव महसूस गरिएको छ ।    यसै पृष्ठभूमिमा प्रगतिशील चेतना भएका उद्योगी व्यवसायीहरुलाई समेटी राष्ट्रव्यापी सञ्जाल भएको एक शक्तिशाली संगठन निर्माण गर्ने र निजीक्षेत्रको तर्फबाट आर्थिक क्रान्तिको नेतृत्व लिनुपर्ने आवश्यकता हाम्रो पार्टी नेकपा एमालेले महसूस ग¥यो । सोही बमोजिम नेपाल उद्योग व्यवसाय महासंघ संस्थापनाका लागि २०६९ चैत्र २४ गते देशभरीबाट ३२५ जना व्यवसायी प्रनिनिधि ललितपुर स्थित सिद्धार्थ कटेजमा जम्मा भई श्री लक्ष्मीदास मानन्धरको नेतृत्वमा आयोजक कमिटी बनाइयो ।
उक्त कमिटीले ७ वटा राष्ट्रिय स्तरका संगठनहरु निर्माण ग¥यो ः– 
संस्थापन समयका संगठनहरु 
१) नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन
२) नेपाल राष्ट्रिय वाणिज्य संघ
३) नेपाल निर्माण सम्वद्ध सामग्री संघ नेपाल
४) नेपाल निर्माण उद्योग परिषद्
५) नेपाल उद्योग संघ
६) नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन 
७) नेपाल राष्ट्रिय होटल व्यवसायी संघ   
उपरोक्त विषयगत संगठनहरुको स्थापना गरी ती संगठनको छाता संगठनको रुपमा नेपाल उद्योग तथा व्यवसायी महासंघ स्थापना गरियो र २०७१ पुष ४–५ गते सोही स्थानमा राष्ट्रिय अधिवेशन गरी पुनः लक्ष्मीदास मानन्धरकै नेतृत्वमा नेपाल उद्योग तथा व्यवसायी महासंघको नयाँ नेतृत्व चयन गरियो ।
यस विषयमा राष्ट्रिय राजनीतिमा आएका फेरवदल एवं कम्युनिष्ट पार्टी भित्रको एकता र विभाजनले संगठनको गतिमा अवरुद्ध गर्याे । विसं २०७६ असार ३ गते तत्कालीन नेकपा एमालेसँग सम्बद्ध नेपाल उद्योग तथा व्यवसायी माहासंघ र तत्कालीन नेकपा माओवादी केन्द्रसंँग आस्था राख्ने राष्ट्रिय व्यापार संगठनबीच एकता सम्पन्न गर्दै पुनः लक्ष्मीदास मानन्धरको नेतृत्वमा १९९ केन्द्रीय कमिटी निर्माण गरियो । यसबीचमा संगठनहरु विभाजन भए । माननीय कमरेड एल.पी.साँवा लिम्वुको नेतृत्वमा र लक्ष्मीदस मानन्धर नेतृत्वमा २ संगठनहरु खडा भए । तर पार्टी विभाजन पश्चात संगठनमा ठूलो क्षति हुन नदिन २०७८÷०६÷७ गते पार्टीका नेताहरुको बीचमा भएको १० बुँुदे समझदारी अनुसारको अन्तरपार्टी निर्देशिकाको आधारमा माननीय कमरेड एल.पी.सावा लिम्वु अध्यक्ष र भगीरथ सापकोटा महासचिव रहने गरी १४ सदस्यीय पदाधीकारी कमिटी गठन गरियो र उद्योग व्यवसायीहरुको मूलप्रवाह यही संगठन अन्तर्गत सुरक्षित रहेको सुनिश्चित गरियो । । 
उक्त कमिटी गठन निम्नाअनुसार भएको थियो 
१) एल.पी.साँवा लिम्वु             अध्यक्ष      
२) भीमलाल पौडेल              वरिष्ठ उपाध्यक्ष
३) पर्शुराम अधिकारी             उपाध्यक्ष        
४) डेकनाथ गौतम             उपाध्यक्ष
५) डी.बी. बस्नेत            उपाध्यक्ष
६) ऋषिराम खरेल            उपाध्यक्ष
७) भगीरथ सापकोटा            महासचिव
८) खोपनिधि लोहनी            सचिव
९) गोपाल खनाल             सचिव
१०) दिनेश जैसी            सचिव
११) प्रेमकुमार मल्ल            सचिव
१२) निरज राई                सचिव
१३) बालकृष्ण सिवाकोटी        कोषाध्यक्ष
१४) शंकर नेपाल             सह–कोषाध्यक्ष

यस कमिटी अन्तर्गत  पुरानो संरचना अन्तर्गत गठित महासंघका १० वटा वस्तुगत संगठन, २ वटा कर्पोरेट परिषद् र महिला उद्यमी संघ तथा राष्ट्रिय स्तरका संगठन आवद्ध छन् भने ८ वटा प्रदेश कमिटी छन, जसका अध्यक्षहरु निम्नाअनुसार रहेका छन् । 
प्रदेश नं १           – अध्यक्ष–    गणेश बस्नेत
मधेश प्रदेश           – अध्यक्ष–    सरोज यादव
बाग्मती प्रदेश          – अध्यक्ष–    पशुपती खड्का
उपत्यका विशेष प्रदेश    – अध्यक्ष–      कृष्ण फुयाल
गण्डकी प्रदेश        – अध्यक्ष–    संजीव कोईराला
लुम्वीनी प्रदेश        – अध्यक्ष–     माधव नेपाल
कर्णली प्रदेश        – अध्यक्ष–    खडक बहादुर क्षेत्री
शुदुर पश्चिम प्रदेश     – अध्यक्ष–    बिर बहादुर साउद 

हालसम्म यस कमिटी अन्तर्गत ६५ जिल्ला कमिटी र ४ सय स्थानीय पालिका स्तरका कमिटी र एक लाखको संख्यामा सदस्यहरु संगठित गरिएको छ । हालै मात्र काठमाडौ महानगरपालिका वडा नं २६ स्थित रामशाहपथ, सिहदरबारमा ५० जना क्षमताको बैठक कक्ष सहितको आफ्नै कार्यालय स्थापना गरी महासंघको दैनिक कार्य सुचारु गरिएको छ । 
विद्यमान वस्तुगत संगठन र नेतृत्व 
१) नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन – अध्यक्ष– श्री प्रसाद मैनाली
२) नेपाल उद्योग संघ – अध्यक्ष– डा.तिलचन्द्र भट्टराई 
३) नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन – अध्यक्ष– पुर्ण कँुवर
४) नेपाल राष्ट्रिय होटल व्यवसायी संघ   – अध्यक्ष– पदम लिम्वु
५) प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल – अध्यक्ष– राजेन्द्र भण्डारी 
६) नेपाल निर्माण उद्योग परिषद् – अध्यक्ष– खोपनिधी लोहनी 
७) प्रगतिशिल शैक्षिक परामर्श संघ – अध्यक्ष– विष्णु प्र पोख्रेल 
८) राष्ट्रिय वाणिज्य संघ – अध्यक्ष– सुमन श्रेष्ठ
९) नेपाल स्वास्थ्य उद्यमी संघ – अध्यक्ष– यज्ञ ढकाल  
१०) निर्माण सम्वद्ध सामग्री संघ नेपाल  – अध्यक्ष– शंकर नेपाल 
११) महिला उद्यमी संघ 
१२) कर्पाेरेट परिषद – संयोजक– रघुनाथ पुरी  

 

संगठनको वर्तमान संरचना

 
यसरी निर्मित यस संगठनले सिङ्गो राष्ट्र र पार्टीले बोकेको ‘सम्मृद्ध नेपाल सुखी नेपाली’को अभियानलाई सफल बनाउन पहिलो चरणमा यस संगठनले देशमा आई रहेका दैविक प्रकोपहरुसँग जुध्न नेपाली जनता, राष्ट्र र मात्रृ पार्टी नेकपा एमालेलाई महत्वपूर्ण सहयोग पु¥याएको थियो । विशेषगरी सन् २०१८ मा आएको महाभूकम्प,ु सन् २०२० मा आएको कोभिड–१९ को महामारी लगायतका महामारी तथा दैवी प्रकोपहरुमा यस संस्थाले पार्टी तथा जनताको हितमा उल्लेखनीय भूमिका निर्वाह गरेको थियो । यस अतिरिक्त आम नेपाली जनता लाई कसरी रोजगारीमा जोड्दै राष्ट्रिय पुजीको विकाश गर्न सकिन्छ भनेर विषयहरुमा देशभरीका उद्योगी व्यवसायीहरुलाई विभिन्न प्रशिक्षण तथा तालिम कार्यक्रमहरु सञ्चालन गरिएका छन् । देशभरीबाट प्राप्त उद्योगी व्यवसायीहरुको साथ सहयोग र आम जनताबाट प्राप्त हौसलाले छोटो समयमै यस संस्थाको गरिमा, मर्यादा र उचाई निकै माथि पुगेको महसूस भैरहेको छ । राजनीतिक चेतनाका साथ खुलेको संस्था भएकोले पनि यस संगठनले आम उद्योगी व्यवसायीहरुको सही प्रतिनिधित्व गर्न सकेको छ । आगामी दिनमा यस संगठनलाई अझ सशक्त, प्रभावकारी र भरोसायोग्य बनाउन नेतृत्वले स्पष्ट दृष्टिकोण, दृढ अठोट र जिम्मेवारीबोधका साथ नतिजामूखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
संगठनको सक्रियता, गतिशीलता र प्रभावकारिताका लागि २०७८÷१२÷२३–२४ गते दोस्रो राष्ट्रिय महाधिवेशन गरी माननीय क.एल.पी.साँवा लिम्वुको अध्यक्षतामा निम्न वमोजिमको नेतृत्व निर्माण गरिएको छ ः  

 

लोकप्रिय समाचार

नेकपा (एमाले) को मोबाइल एप डाउनलोड गर्नुहोस् ।

cpnuml