detail-img

महासंघको तेस्रो विस्तारित बैंठक सम्पन्न, ११ बुँदे काठमाडौं घोषणपत्र जारी

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो विस्तारित बैठक सम्पन्न भएको छ । शनिवार ११ बुँदे घोषणपत्र जारी गर्दै उक्त बैठक सम्पन्न भएको हो । नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा महासंघका अध्यक्ष एवं माननीय सांसद एलपी सावाँ लिम्बु, पदाधिकारीहरु, केन्द्रिय सदस्यहरु, बस्तुगत सदस्यहरु, प्रदेश कमिटि र जिल्ला कमिटि अध्यक्ष र सचिवको सहभागिता रहेको थियो । 

यस्ताछन् महासंघले जारी गरेको ११ बुँदे घोषणापत्र

१.    अत्यन्त असहज पस्थितिमा समेत स्थानिय, प्रदेश, प्रतिनीधिसभा निर्वाचनमा हाम्रो पार्टीले लिएका रणनीतिक कार्यदिशावाट जन प्रतिनीधिहरु निर्वाचित  भई नेतृत्वमा रहने जिम्मेवार स्थानिय, प्रदेश, प्रतिनीधि सभाका सासदज्यूहरुलाई हार्दिक बधाई तथा आगामी दिनमा जनताका समस्या समाधान गर्दै समृद्ध नेपाल सुखी नेपाली निर्माणमा महत्वपूर्ण पहल कदमीका लागि शुभकामना व्यक्त गर्दछ । 
२.    विगत केही महिना देखी समस्याग्रस्त देशको अािर्थक अवस्थामा   वर्तमान सरकारको गठन पश्चात  केही आर्थिक सकारात्मक सुचाङ्घ  हुन गइरहेको अवस्था, यसको प्रमूख जिम्मेवारी लिनु हुने उपप्रधान तथा अर्थ मन्त्रि पार्टीका उपााध्यक्ष माननिय बिष्णु पौडेलज्यू प्रति आभार व्यक्त गर्दै यस महासंघबाट प्रस्तावित समस्या समाधान गरि दिगो आर्थिक विकास निर्माणको आधार तयार गरी  आवश्यक नीति , नियमहरुलाई कार्यान्वयनमा ल्याई सफल वनाउन यो बैठक अनुरोध गर्दछ ।
३.     महासंघबाट नीजिक्षेत्रका उद्योग, व्यवसायको विकासका लागि अगाडी सारिएका  केही महत्वपूर्ण बुदांहरु नेपाल सरकारको न्यूनतम् साझा कार्यक्रममा समावेश गरिएको छ । वर्तमान सरकारले यी साझा प्रतिवद्धतालाई यथाशिघ पुरा गर्न तदारुखताका साथ लाग्न र समस्याग्रस्त आर्थिक क्षेत्रलाई संकटमुक्त गर्न हामी जोडदार माग गर्दछौ ।       
४.     उच्च स्तरिय राजनैतिक संयन्त्रवाट न्यूनत्म साझा कार्यक्रममा नसमेटेटिएका बिशेष गरि राष्ट्रिय प्राथमिककता प्राप्त लगायन  उद्योग व्यवसायहरुको व्यवहारिक रुपमा संरक्षण नीति निर्माण गरि कार्यान्वयनमा ल्याउन समेत यो बैठक अनुरोध गर्दछ ।
५.     राजनैतिक स्थायित्व विना आर्थिक विकास सम्भव हुदैन भन्ने महासंघको स्पष्ट धारणा छ । अतः  जनताको म्याण्डेट बमोजिमको वर्तमान सरकारलाई पूर्ण रुपमा सहयोग गरि जनजीविका र आर्थिक समृद्धिका विषयमा सम्पुर्ण राजनैतिक दलहरुमा एक मत हुन समेत यो बैठक हार्दिक अपिल गर्दछ । 

६.    सार्वजनिक यातायत क्षेत्रलाई नागरिक प्रति उत्तरदायी र  प्रविधिमैत्री बनाई संचालन गर्न सरोकारवाला सहितको अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गरि वर्तमान समस्याको समाधान गर्न सरकारसंग  महासंघ जोडदार माग गर्दछ । 
७.     दोस्रो केन्द्रिय कमिटीको निर्णय अनुसार निर्वाचनमा सकृयता पूर्वक खटनु हुने तथा आ–आफनो स्थानवाट, समर्थन, भौतिक, आर्थिक र अन्य योगदान पुरयाउनु हुने सम्पूर्ण व्यवसायी मित्रहरुलाई महासघ धन्यवाद व्यक्त गर्दै आभार प्रकट गर्दछ ।
८     हाम्रो धारणामा नीजिक्षेत्रको तर्फवाट महासंघले आर्थिक समृद्धिको जिम्मेवारी लिनु पर्छ त्यसको साथै, संगठनमा आवद्ध सवैको राजनैतिक भविष्यको संरक्षण, जनताको प्यारो पार्टी नेकपा एमालेले लिनु पर्छ भन्ने हाम्रो मान्यता रहेको छ  ।
९.     पालीका स्तरका हाम्रा संगठनहरुले स्थानीय, प्रदेश सरकारसंग समन्वय तथा सहकार्य गरि व्यवसायीक योजना प्रत्येक तहमा संचालन गर्न पालीका स्तरमा कमिटीलाई सकृय गराउन महासंघको यो केन्द्रिय बैठकले  निर्देशन गर्दछ ।
१०. महासंघ अन्तर्गतका सम्पूर्ण, कमिटीहरुलाई उद्योग व्यवसायका सम्वद्ध स्वतन्त्र संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, साना तथा घरेलु महासंघ लगायत सम्पूर्ण वस्तुगत संघमा यो महासंघको नेतृत्व स्थापित गर्न रणनीतिक योजना सहित कार्यक्रम अगाडी बढाउन निर्देशन गर्दछ  । 
११. समृद्ध नेपाल सुखी नेपालीको चाहानालाई पुरा गर्न अग्रसर हुने गरी हाम्रा सवै तहका कमिटीहरुलाई चुूूस्त दुरुस्त र गतिशील बनाउन सम्पूर्ण कमिटीहरुलाई योजना सहित कार्यक्रम अगाडी बढाउन निर्देशन गर्दछ ।

 

लोकप्रिय समाचार

cpnuml

४३ सदस्यीय नेपाल उद्योग तथा व्यवसायी मधेश प्रदेश गठन, अध्यक्षमा सरोज यादव

४३ सदस्यीय नेपाल उद्योग तथा व्यवसायी मधेश प्रदेश गठन, अध्यक्षमा सरोज यादव

cpnuml

मदन जयन्तीको अवसरमा महासंघद्वारा अनाथालयमा सहयोग

मदन जयन्तीको अवसरमा महासंघद्वारा अनाथालयमा सहयोग

cpnuml

महासंघको १ नम्बर प्रदेश स्तरीय विस्तारित बैंठक मंगलबार, यस्ता छन् एजेन्डा

नेपाल उद्योग तथा व्यवसायी महासंघ

cpnuml

उद्योग मन्त्री दामोदर भण्डारीलाई महासंघको सम्मान, प्राथमिकतामा साना उद्योग संरक्षण

उद्योग मन्त्री दामोदर भण्डारीलाई महासंघको सम्मान, प्राथमिकतामा साना उद्योग संरक्षण

cpnuml

वैरो संघमा राजेन्द्र भण्डारी प्यानल चुनावी मैदानमा, सुरक्षित वैदेशिक रोजगारी र व्यवसायी हकहित प्राथमिकतामा

वैरो संघमा राजेन्द्र भण्डारी प्यानल चुनावी मैदानमा, सुरक्षित वैदेशिक रोजगारी र व्यवसायी हकहित प्राथमिकतामा

नेकपा (एमाले) को मोबाइल एप डाउनलोड गर्नुहोस् ।

cpnuml