detail-img

उद्योग मन्त्री दामोदर भण्डारीलाई महासंघको सम्मान, प्राथमिकतामा साना उद्योग संरक्षण

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारको प्राथमिकतमा साना उद्योग व्यवसाय संरक्षणको नीति रहेको बताए । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘सना तथा सझौला उद्योग व्यवसाय फस्टाएको अवस्थामा मात्रै देश आर्थिक समृद्धितर्फ अघि बढ्न सक्छ,’ उनले भने, ‘अहिले विभिन्न खालका स्वार्थका कारण ठूलो उद्यागले साना उद्योगलाई समस्यामा परेका छन् तसर्थ यो सरकारले साना उद्योगलाई संरक्षणकारी नीति लिनेछ ।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले यस अघिका सरकारले ल्याएका कतिपय व्यवस्था अब्यवहारिक रहेको र त्यसलाई परिमार्जन गर्नुपर्ने बताएका छन् । ‘देशमा गएको २०७२ सालको महाभुकम्प तथा नाकाबन्दीको समयमा भन्दा अहिले देश ठूलो संकटमा फसेको छ,’ उनले भने, ‘पछिल्लो समय कतिपय ठूला उद्योगका नाममा साना उद्योग सकाउने काम भएको छ अबका दिनमा सरकारले साना उद्योगलाई बढी संरक्षण दिनेछ ।’

साथै पछिल्लो समय देशबाट ऊर्जावान युवाशक्ति ठूलो मात्रामा वैदेशिक रोजगारीमा विदेशिएको भन्दै सरकारको अबको ध्यान उनीहरुलाई स्वदेशभित्रै रोजगारी दिनमा केन्द्रित हुने उनको भनाई थियो । 

यसैगरी कार्यक्रममा महासंघ अध्यक्ष एलपी सावाँ लिम्बुले अहिलेको सरकारले विभिन्न नीति नियम बनाउँदा महासंघका प्रतिनिधिलाई समेत समावेश गराउनु पर्ने बताए । साथै निर्यात गर्दा जारी गरिने उत्पत्तिको प्रमापत्र वापतको आम्दानी सिमिति संस्थाले मात्रै लिँदै आएको र त्यसमा महासंघलाई समेत आवद्ध गराउनु पर्ने माग राखेका छन् ।