detail-img

महासंघको १ नम्बर प्रदेश स्तरीय विस्तारित बैंठक मंगलबार, यस्ता छन् एजेन्डा

नेपाल उद्योग तथा व्यवसायी महासंघले १ नम्बर प्रदेश स्तरीय विस्तारित बैंठक गर्ने भएको छ । नेकपा एमालेका पोलिब्यूरो सदस्य तथा प्रदेश नं. १ का ईन्चार्ज क. राजेन्द्र प्रसाद गौतमको प्रमुख आतिथ्यता उक्त भेला आयोजना गर्न लागिएको महासंघका प्रदेश नम्बर १ इन्चार्ज तथा केन्द्रिय कोषध्यक्ष मोहनकुमार डाँगीले जानकारी दिनुभयो ।

फाल्गुण २ गते मंगलबार हुने उक्त भेलामा  महासंघका केन्द्रीय अध्यक्ष माननीय एलपी साँवा लिम्बु, महासचिव क. भगीरथ सापकोटाको उपस्थिति रहने छ । उक्त बिस्तारित बैठक नेकपा एमाले मोरङ जिल्ला कमिटिको कार्यालय पान्चाली बिराटनगरमा बिहान ११ बजेदेखि हुने छ । सो बैंठकमा सो प्रदेशका १४ जिल्लामध्ये जुनजुन जिल्लाको ईन्चार्ज हुनुहुन्छ सोहीसोही जिल्लाको रिपोर्टसहित जिल्ला कमिटिका पदाधिकारीहरू, पालिका कमिटिका अध्यक्ष र सचिवसहित अनिवार्य उपस्थित हुनुपर्ने डाँगीले जानकारी दिनुभयो ।

उक्त बैंठकमा सो प्रदेश अन्तरगतका सबै केन्द्रिय पदाधिकारी र केन्द्रीय सदस्यहरु, सबै जिल्ला पदाधिकारी, पालिका अध्यक्ष र सचीव, बस्तुगत संघका केन्द्रिय तथा प्रदेश सदस्यहरुको अनिवार्य उपस्थिती रहेको छ । 
साथै उक्त बैंठकमा केन्द्रीय कमिटिको निर्देशनको सम्बन्धमा, प्रदेश, जिल्ला,पालिका अधिबेशन गर्ने सम्बन्धमा, जिल्लाको रिपोर्टिङ सम्बन्धमा तथा आदेशात्मक जानकारी जस्ता एजेन्डाहरु रहेका छन् ।