काठमाडौं । नेकपा एमालेले आफुमातहतका जनुंगठन सुदृढीकरण कार्यशाला गोष्टी सम्पन्न गरेको छ । भर्खरै सम्पन्न निर्वाचनमा जनसंगठनको भुमिका प्रभावकारी नभएको निष्कर्षसहित एमालेले जनसंगठन सुदृढीकरण कार्यशाला सम्पन्न गरेको छ ।
कार्यक्रममा कतिपय वक्ताहरुले पछिल्लो समय जनसंगठनमा योगदानको आधारमा भन्दा पनि आफुनजिकका व्यक्तिलाई च्याप्दा जनसंगठन भित्र वितृष्णआई सोचेअनुरुप परिचालन गर्न नसकिएको बताएका थिए । यसैगरी उक्त कार्यशालाले एउटै व्यक्ति धेरै ओटा जनसंगठनमा विभिन्न पदमा दोहोरिदा समेत त्यसले समस्या पारेको निष्कर्ष निकालेको छ ।