नेपाल उद्योग तथा व्यवसायी महासंघले आफ्नो तेस्रो केन्द्रिय कार्यसमिति बैंठक माघ ७ गते गर्ने निर्णय गरेको छ । महासंघको बिहीबार बसेको केन्द्रिय पदाधिकारी बैंठकले माघ ७ गते कार्यसमिति बैंठक गर्ने निर्णय गरेको हो ।
यसैगरी सो बैंठकले आफु मातहतमा घटक संगठनको अधिवेशन बैंशाख १५ गतेभित्र गरिसक्न निर्देशन दिएको छ । जस अनुरुप पालिका स्तरको फागुन मसान्त, जिल्लाको चैत्र १५ भित्र बस्तुगत संघको चैत भित्र र प्रदेश स्तरको बैशाख १५ गतेसम्म अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा महासंघका अध्यक्ष एवं संघीय संसद एली सावाँ लिम्बुले महासंघको गतिविधिलाई सशक्त तरिकावाट अघि बढाउन नसकिएको भन्दै अबका दिनमा संगठनलाई चुस्तदुरूस्त रूपमा अघि बढाउन विशेष योजना सहित अघ बढ्नु पर्ने बताए ।
यसैगरी कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं जनसंगठन प्रमुख भानुभक्त ढकालले चुनावी समिक्षा गर्दै सपटकको निर्वाचनमा एमाले घेराबन्दीमा परेको उक्त घेराबन्दीमा जे सफलता प्राप्त गरियो त्यसलाई उपलब्धि मान्नुपर्ने बताए ।
तर पछिल्लो समय अहिले एमालेभित्र बसेर जसरी एमालेनै हराउन लागे त्यो अन्तरघात होईन गम्भीर अपराध भएको र यसले पार्टीलाई भविश्यमा ठूलो असर पर्ने बताए । ‘अहिले एमाले सरकारमा जादैगर्दा अपराधीको पत्ता नलगाई सत्ताको पछि लागेर त्यस्ता अपराधीलाई विर्सियौ भने त्यसले पार्टी सुदृढीकरण हुदैन,’ उहाँले भन्नुभयो, ‘तर अहिलेको मतपरिणामले बामपंथीहरूबीचको गठबन्धननै प्राकृति भन्ने जनताले पनि मेयान्डेट दिएका छन । चुनावी परिणामलाई आधार मान्दा एमाले पपुलर पार्टी नै सावित भएको छ ।’
तर उनले चुनावमा पार्टीले सात ओटा जनवर्गीय संगठनलाई निर्वाचन परिचालन कमिटीमा राखेको तर त्यो केन्द्रमा मात्रै सिमित भई उक्त संयन्त्रले काम गर्न नसकेको बताएका थिए । साथै अबका दिनमा मुद्दाको आधारका जनवर्गीय संगठन हुनु पर्ने र एउटै व्यक्ति सबै ठाउमा हुदा संगठन खुम्चिन पुगेको बताए ।
साथै पार्टीले यहिँ पुस २४÷२५ गते सबै जनवर्गीय संगठनको आवासीय प्रशिक्षण कार्यक्रम गर्न लागेको र सो प्रशिक्षणमा एउटा जनवर्गीय संगठनबाट अध्यक्ष महासचिव सहित ५ जना सहभागी हुने जानकारी दिनुभयो । साथै अहिले बामपन्थी नेतृत्वको सरकार र एमालेकै अर्थमन्त्री भएका कारण उद्योगी व्यवसायी समस्या समाधान गर्न महासंघले पहल गर्नु पर्ने समेत उहाँले बताउनु भयो ।
४३ सदस्यीय नेपाल उद्योग तथा व्यवसायी मधेश प्रदेश गठन, अध्यक्षमा सरोज यादव
मदन जयन्तीको अवसरमा महासंघद्वारा अनाथालयमा सहयोग
नेपाल उद्योग तथा व्यवसायी महासंघ
उद्योग मन्त्री दामोदर भण्डारीलाई महासंघको सम्मान, प्राथमिकतामा साना उद्योग संरक्षण
महासंघको तेस्रो विस्तारित बैंठक सम्पन्न, ११ बुँदे काठमाडौं घोषणपत्र जारी