काठमाडौं । नेपाल प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मंचले झापा क्षेत्र नम्बर ४ बाट नवनिर्वाचित संघीय सांसद एलपी सावाँ लिम्बुर्ला सम्मान गरेको छ । मंचले नेकपा एमाले समर्थित नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष समेत रहेका लिम्बुलाई स्वागत एवं सम्मान गरेको हो ।
कार्यक्रममा लिम्बुले म्यानपावर कम्पनीमा सुरुवाती दिनमा जुन खालको समस्या थियो अहिले पनि सोही समस्या ज्यूकात्यू रहेको बताउँदै राज्यले उक्त समस्या निर्मुल पार्ने गरी काम गर्न नसकेको बताउनु भयो । अहिले वैदेशिक रोजगारीका क्षेत्रमा राज्य, एनजीओ, आईएनजीओ र आम नागरिकको फरक फरक खालको बुझाई भएकाले त्यसलाई अबमा दिन समन्वय गरेर समस्या समाधान गर्नुपर्ने उहाँको भनाई थियो ।
‘अहिले डलर खेती गर्ने, राज्य, गरिव जनता र मिडियाको आआफ्नै बुझाई रहेको छ,’ स्वागत कार्यक्रममा उहाँले भन्नुभयो, ‘आफु अहिले वैदेशिक रोजगार क्षेत्रबाट अलग रहेपनि लामो समय सोही क्षेत्रमा विताएकाले सो क्षेत्रमा देखिएका समस्या जरैदेखि निर्मुल पार्न पहल गर्नेछु ।’ लिम्बु नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।
४३ सदस्यीय नेपाल उद्योग तथा व्यवसायी मधेश प्रदेश गठन, अध्यक्षमा सरोज यादव
मदन जयन्तीको अवसरमा महासंघद्वारा अनाथालयमा सहयोग
नेपाल उद्योग तथा व्यवसायी महासंघ
उद्योग मन्त्री दामोदर भण्डारीलाई महासंघको सम्मान, प्राथमिकतामा साना उद्योग संरक्षण
महासंघको तेस्रो विस्तारित बैंठक सम्पन्न, ११ बुँदे काठमाडौं घोषणपत्र जारी