काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष लालप्रसाद ९एलपी० सावाँ लिम्बु संघीय संसदमा बिजयी हुनु भएको छ ।
उहाँ एमालेको तर्फ झापा क्षेत्र नम्बर ४ बाट विजयी हुनु भएको हो । उहाँले आफ्ना निकटतम प्रतिवद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार देउ कुमार थेवे लाई ६ हजार ८ सय ६७ मतान्तरले हराउँदै विजयी भएका हुन् । एमालेका उम्मेदवार लिम्बुले २९ हजार ३ सय १५ मत प्राप्त गर्दा कांग्रेसका थेवेले २२ हजार ४ सय ४८ मत प्राप्त गर्नु भएको छ