एमाले आज

पश्चिमा शक्तिहरूको स्वार्थ पूर्ति नगर्दा पार्टी कार्यालय र नेताहरूका घर जलाइएः उपाध्यक्ष थापा

सेयर गर्नुहोस्

२१ कात्तिक (२०८३), दमक । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पश्चिमा शत्तिहरूको स्वार्थ पूर्ति गर्न नसके वर्तमान सरकारलाई उनीहरूले नै विघटन गरी दिने बताउनुभएको छ ।
नेकपा (एमाले) दमक नगर कमिटीको आयोजनामा शुक्रबार पार्टी कार्यालय निर्माण र पुनःनिर्माणमा सहयोग पुर्याउनुहुने सहयोगदाताहरूलाई सम्मान तथा दीपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई  सम्वोधन गर्दै उपाध्यक्ष थापाले सो कुरा बताउनुुभएको हो । 
एमाले, कांग्रेस, तत्कालीन माओवादी लगायतका दलले पश्चिमी शक्तिको स्वार्थ पूरा नगरेपछि पार्टी कार्यालय र नेता कार्यकर्ताको घर भवन जलाएर  ध्वस्त परेको उहाँले बताउनुभयो ।
नेकपा (एमाले) दमक नगर कमिटी अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी कार्यालय स्थापनाको लागि सहयोग  गर्ने दाता तथा गत २०८२ भदौ २४ गतेको तोडफोडपछि ध्वस्त पार्टी कार्यालय पुनः निर्माणमा सहयोग गर्ने दाताहरू, नेताकार्यकर्ता र शुभेच्छुकलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
सोही कार्यक्रममा दमक–९ मा रहेको पार्टी कार्यालय निर्माणका लागि जग्गा दान दिने दाताहरू लक्ष्मीप्रसाद बराल, लक्ष्मीदेवी बराल, खेम बराल र दीपा दाहाल बराललाई  उपाध्यक्ष थापाले सम्मान गर्नुभएको थियो । 
कार्यक्रममा नेकपा (एमाले) कोशी प्रदेश कमिटी सचिवालय  सदस्य तथा भवन निर्माण तथा पुनः निर्माण समिति संयोजक अम्बिका खनालले पुनः निर्माणको विषयमा जानकारी दिनु भएको थियो ।

 

हामीसँग जोडिनुहोस्