२० कात्तिक (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय कमिटी सदस्य आनन्द पोखरेलकी ममतामयी आमा स्व.रनधाता पोखरेलको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पणका साथै पार्टीको झण्डा ओढाई भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओली आज पशुपति आर्यघाट जानुभई स्व. आमा रनधाताप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकमा पर्नुभएका केन्द्रीय सदस्य आनन्द पोखरेलसहित सपरिवारमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
केन्द्रीय सदस्य पोखरेलकी आमा रनधाताको ९२ बर्षको उमेरमा हिजो निधन भएको हो । उहाँको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
अध्यक्ष ओलीद्वारा केन्द्रीय सदस्य पोखरेलकी आमाप्रति भावपूर्ण श्रद्धाञ्जली
सेयर गर्नुहोस्
