एमाले आज

प्रवासी नेपाली मञ्च युरोप महादेश कमिटीको अधिवेशन सम्पन्नः थपलियाको नेतृत्वमा नयाँ कमिटी निर्वाचित  

सेयर गर्नुहोस्

२२ भदौ (२०८३), काठमाडौं । प्रवासी नेपाली मञ्च, युरोप महादेश कमिटीको प्रथम अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । 
अधिवेशनबाट शालिकराम थपलिया अध्यक्ष निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा लिनोद न्यौपाने, सचिवमा राघवेन्द्र प्रताप सिंह कार्की, उपसचिवद्वयमा गोविन्द सापकोटा र बाबाराजेश्वरी थापा निर्वाचित हुनुभएको छ । 
त्यसैगरी, सदस्यहरूमा तुलसीनाथ सुवेदी, ईश्वर देवकोटा, तिलक भट्टराई, सुनिल रानाभाट, केदार थपलिया र केशवराज पाण्डे निर्वाचित हुनुभएको छ । 
‘प्रवासी नेपालीको सम्मान, समृद्ध नेपालको अभियान’ भन्ने नारासहित प्रवासी नेपाली मञ्च, युरोप महादेश कमिटीको अधिवेशन स्पेनको बार्सिलोनामा आइतबार नेकपा (एमाले)का केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

 अधिवेशनमा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा यूरोप इन्चार्ज सञ्जय थापा, केन्द्रीय सदस्य महेश बर्तौला, केन्द्रीय सदस्य आरसी लामिछान अतिथिका रुपमा उपस्थिति हुनुहुन्थ्यो । 
अधिवेशनमा यूरोपका १६ देशबाट १७० जना प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।  उद्घाटन समारोह यूरोप संयोजक मुक्तबहादुर गुरुङको अध्यक्षता तथा सचिव शालिक थपलियाको सञ्चालनमा भएको थियो ।
उद्घाटन समारोहमा मञ्च तथा गैरआवासीय नेपाली संघ (एनआरएन)सँग आबद्ध विभिन्न व्यक्तिहरूले शुभकामना दिनुभएको थियो । 

पोर्चुगलको अध्यक्ष थापा
त्यस्तै, प्रवासी नेपाली मञ्च पोर्चुगलको सातौं अधिवेशनल नविन थापाको अध्यक्षतामा सर्वसम्मत कमिटी चयन गरेको छ । कमिटीको सचिवमा गणेश थापा, उपसचिवद्वयमा राजन कार्की र जुना दाहाल चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा दीपक पुन, नवराज घर्ति मगर, हेमन्त केसी, कमल बस्नेत, रमेश परियार, प्रकाश नेपाली, हुकुम ओली, कुवेर खड्का, सुमन लम्साल, अर्जुन भण्डारी, मन्जिल सिंह र नरबहादुर जिसी हुनुहुन्छ । प्रवासी नेपाली मञ्च, पोर्चुगलको सातौं अधिवेशन नेकपा (एमाले)का सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यमा यही भदौ १५ गते (अगष्त ३१) सम्पन्न भएको हो । 

जर्मनीमा पाण्डे

यसैगरी, प्रवासी नेपाली मन्च जर्मनीको फ्राङ्कफर्टमा हालै सम्पन्न आठौं राष्ट्रिय अधिवेशनले सर्वसम्मतरुपमा नयाँ नेतृत्व निर्वाचित गरेको छ । 
अधिवेशनबाट अध्यक्षमा गोविन्दराज पाण्डे, उपाध्यक्षमा समीर श्रेष्ठ र सचिवमा भरत चलाउने चयन हुनुभएको छ । प्रवासी नेपाली मञ्च, जर्मनीको आठौं अधिवेशन नेकपा (एमाले)का सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यमा यही भदौ १० गते (अगष्त २६) सम्पन्न भएको थियो । 

 

हामीसँग जोडिनुहोस्