११ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले)ले ‘कम्युनिष्ट योद्धा’ शोभाराम बस्नेतको दुःखद निधनबाट पार्टी र सिङ्गो कम्युनिष्ट आन्दोलनलाई अपुरणीय क्षति भएको जनाएको छ ।
वि.सं.२००४ सालमा रोल्पाको नुवागाउँमा जन्मुनुभएका बस्नेतले दाङ जिल्लालाई आफ्नो मुख्य कर्मभूमि बनाउँदै कम्युनिष्ट आन्दोलनमा समर्पित हुनुभएको थियो ।
पछिल्ला केहीबर्षयता मिर्गौला सम्बन्धी स्वास्थ्य समस्याका कारण नियमित डायलसिस गराइरहनुभएका ‘कम्युनिष्ट योद्धा’ बस्नेतको उपचारका क्रममा गएराती निधन भएको हो ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आज शोक वक्तव्य जारी गर्दै बस्नेतको निधनबाट नेपाली कम्युनिष्ट आन्दोलनले एक सिद्धान्तनिष्ठ योद्धा, कुशल संगठक र जनप्रिय अभिभावक गुमाएको जनाउनुभएको छ ।
नेकपा (एमाले)ले बस्नेतको विचार, सङ्घर्ष, त्याग र जनताप्रतिको समर्पण नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा सदैव प्रेरणाको स्रोतका रुपमा रहनेछ भन्दै उहाँले छाडेर जानुभएको वैचारिक विरासत र सांगठानिक योगदानको उच्च मूल्याङ्कन गरेको छ ।
शोक वक्तव्यमा स्व. बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदन व्यक्त गरिएको छ ।
महासचिव पोखरेलले जारी गर्नुभएको शोक वक्तव्य यस प्रकार छः
‘कम्युनिष्ट योद्धा’ बस्नेतको निधनबाट पार्टी र आन्दोलनलाई अपुरणीय क्षतिः एमाले
सेयर गर्नुहोस्
