
सरिता भुसाल
bhusalsarita@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रीय कमिटी
राजनीतिक यात्रा
- विगतका आबद्धता
- छैन
- राजनीतिक पृष्ठभूमि
- - हाम्रो परिवार पार्टीको सेल्टरदाता हुनुकासाथै दाजु र आमा पार्टीका काममा सक्रिय रहने भएकाले ६ बर्षदेखि कम्युनिष्ट बिचारधाराको प्रभाव पर्दै गएको र आन्दोलनप्रतिको प्रेम विकास भएको । - कक्षा ६ देखि ८ सम्म सह प्रारम्भिक कमिटीमा बसेर काम गरेको । - कक्षा ९ र १० मा प्रारभ्मिक कमिटीमा रहेर काम गरेको । - पिसिएल तहमा पाणीनी बहुमुखी क्याम्पस अर्घाखाँची (२०५३–०५४) प्रारम्भिक कमिटीको कोषाध्यक्ष भएर जिम्मेवारी निर्वाह गरेको । - काठमाण्डौ अर्घाखाँची सम्पर्क मञ्चको सदस्य भएर दुई कार्यकाल काम गरेको । - बि.सं २०६८ सालदेखि अखिल नेपाल किसान महासंघको घटक संघ महिला किसान संघको सचिब भएर काम गरेको । - बि.सं २०७६ साल देखि अखिल नेपाल किसान महासंघको केन्द्रीय कमिटी सदस्य तथा कार्यालय सचिब भएर जिम्मेबारी निर्वाह गरेको । - बि.सं २०७७ सालदेखि अखिल नेपाल किसान महासंघ सचिबालय सदस्य तथा कार्यालय सचिब भएर जिम्मेबारी निर्वाह गरेको । - बि.सं २०७८ सालदेखि अखिल नेपाल किसान महासंघको सचिब, प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा कार्यालय सचिब भएर जिम्मेबारी निर्वाह गरेको। - अखिल नेपाल किसान महासंघको २०७९ चैत्र ३० देखि २०८० बैशाख २ सम्म भएको ७ औं महासम्मेलनबाट उपमहासचिब पदमा निर्वाचित भई र संगठन विभाग प्रमुखको रुपमा जिम्मेबारी निर्वाह गरेको । - २०८१ साल फागुन देखि अखिल नेपाल किसान महासंघको महासचिब तथा संगठन विकाग प्रमुखको जिम्मेबारी निर्वाह गर्दै आएको । - नेकपा (एमाले)को दशौ महाधिवेशन पछि बनेको केन्द्रीय कृषि तथा पशुपन्छी विकास विभागको सदस्य भई एक कार्यकाल जिम्मेवारी निर्वाह गरेको । - नेकपा (एमाले) सचिवालयको २०८१ साउन १७ गतेको बैठकले केन्द्रीय कमिटीमा मनोनीति गरेको र सोही अनुसार जिम्मेवारी निर्वाह गरेको । - नेकपा (एमाले) को एघारौं महाधिवेशनबाट (२०८२ मंसिर २७ देखि पौष ३) केन्द्रीय कमिटीमा निर्वाचत भई कार्यक्षेत्र अखिल नेपाल किसान - महासंघमै रहेर जिम्मेबारी निर्वाह गरिरहेको । - २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधीसभाको निर्वाचनमा अर्घाखाँची जिल्लाको निर्वाचन प्रचार तथा प्रसार संयोजकका रुपमा कार्यसम्पादन गरेको । - बि.सं २०७५ सालदेखि पूर्णकालीन रुपमा कार्यरत रहेको छु । सामाजिक क्षेत्रमा गरेको कामको अनुभव - करिब ६/ ७ बर्ष महिला अधिकारका क्षेत्रमा देशका विभिन्न स्थानमा बसेर काम गरेको । - लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तरगत महिला हिंसाको अवस्थाका बारेमा अनुसन्धान गरेको । - महिला हिंसाका घटनामा आधारित अन्वेशी पुस्तक लेखेको (ओरेक नेपालले प्रकाशन गरेको) - महिला किसानको प्रतिनिधीतव गर्दै दक्षिण एसियाली किसान महासंघको सदस्यको रुपमा काम गरिरहेको ।
- पार्टी कार्य
- - जनसंगठन अखिल नेपाल किसान महासंघका विभिन्न जिम्मेबारी र पार्टीको कृषि तथा पशुपन्छी विकास विभागको सदस्यमा रहेर तथा पार्टीको केन्द्रीय कमिटी सदस्यको रुपमा पार्टीले दिएको जिम्मेवारीमा पार्टीको निर्देशन अनुसार गर्नुपर्ने काम र अभियानमा सक्रिय रुपमा जिम्मेबारी निर्वाह गर्ने गरेको छु भन्ने मेरो अनभुति रहेको छ । - जाजरकोट भुकम्प प्रभावित क्षेत्रमा पार्टीको स्वयंसेवक परिचालन अभियान अन्तरर्गत अखिल नेपाल किसान महासंघको एउटा टिमको नेतृत्व गर्दै अस्थायी आवास निर्माण गर्ने तथा स्थानीय जनताका आवश्यकता अनुसार सहयोग तथा सहजिकरण गर्ने काम गरेको । - विभिन्न आन्दोलनका मोर्चाहरुको नेतृत्व गर्नेदेखि सहभागि हुने गरेको छु । पार्टी अध्यक्ष केपी शर्मा आलीलाई राजनीतिक प्रतिसोधका आधारमा गैरकानूनी रुपमा गरेको गिरफतारीका बिरुद्ध सडक आन्दोलनमा प्रहरीको धरपकडमा परी टेल बोन फुटेको थियो ।
- जनसंगठन कार्य
- बि. सं २०६८ सालदेखि अखिल नेपाल किसान महासंघका विभिन्न जिम्मेबारीमा रहेर काम गर्दै आइरहेको । पदिय जिम्मेबारी जुन तहमा रहेतापनि आफुसंग भएको क्षमता र मेरो पूर्ण समय किसान आन्दोलनलाई दिएको छु । संगठन सामुहिक नेतृत्व प्रणालीमा चल्ने भएकाले सामुहिक रुपमा संगठनले प्राप्त गरेका केही महत्वपूर्ण उपलब्धिहरु यसप्रकार रहेका छन् जसमा मेरो पनि केही योगदान रहेको छः नेकपा विभाजन भएपश्चात किसान आन्दोलनलाई पूर्नगठन गर्ने मुख्य कार्यभार रहेको थियो । जुन हामीले उत्साहवर्धक रुपमा सफल गर्यौं । विभिन्न आन्दोलनहरु मार्फत किसानका महत्वपूर्ण मुद्धा उठान गरी स्थापित गर्न सफल भयौं । किसानका मुद्धा बोक्ने शसक्त संगठन अखिल नेपाल किसान महासंघ हो भन्ने कुरा केही हदुसम्म स्थापित गर्न सक्यौं । अखिल नेपाल किसान महासंघले दक्षिण एसियाका किसान र अन्तराष्टिय सामाजिक फोरमहरुमा नेतृत्व प्रदान गर्न सफल भयौं । राष्टिय किसान सञ्जाल गठन र परिचालन ६ वटा प्रदेश कमिटीका कार्यशाला सम्पन्न गरी प्रदेश अनुसार किसानका मुद्धा पहिचान गर्ने उक्त मुद्धा उठान गरी स्थापित गर्न कमिटीका सदस्यहरुको कार्यविभाजन गरियो । सोही अनुसार काम सम्पादन प्रभावकारी भए । किसान महासंघमा आवद्ध धेरै घटक संघहरुका केन्द्रीय सम्मेलन, आयोजक कमिटी निर्माण तथा प्रदेश सम्मेलनहरु सम्पन्न गरियो । यध्यपी किसान महासंघ आधारभुत तहका किसानसम्म व्यापक रुपमा जोडिन सकेको छैन । त्यो तहमा काम गर्ने गरी संगठनमा श्रोतसाधनको परिचालन हुन नसक्नु, नीती निर्माणमा सहभागिता नगराइनु र कार्यकर्ता पंक्तीमा शिथिलता आउनु चुनौतिपूर्ण रहेको छ ।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- master's_level
- विशेष रुचि/दक्षता
- पोलिटिकल पेडागोजी, नेकपा एमालेद्धारा आयोजित प्रशिक्षक प्रशिक्षण, महिला अधिकार, खाध्य सम्प्रभुता, लैंगिक तथा सामाजिक समावेशीता लगायत विभिन्न बिषयमा राष्टिय अन्तराष्टिय स्तरका तालिममा सहभागि
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:बि.सं २०७२ सालदेखि आफना पेशागत कामहरु छाडेर संगटनका काममा समय दिएकोे तर २०७६ सालदेखि पूर्णकालीन कार्यकर्ताको रुपमा अखिल नेपाल किसान महासंघ तथा पार्टीका विभिन्न जिम्मेबारीमा रहेर काम गरिरहेको ।
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन
- सामुदायिक संस्था
- छैन
विदेश भ्रमण
- विदेश भ्रमण
- प्रयोजन:अखिल नेपाल किसान महासंघ र महिला किसान संघको प्रतिनिधीत्व गर्दै मोजाम्विक, कम्बोडिया, थाइल्यान्ड, श्रीलंका र बंगलादेश गएको छु । अन्य कार्यक्रममा भारत, फिलिपिन्स र मलेसिया जाने अवसर पाएको छु ।
