
दल रावल
dalarawal@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:केन्द्रीय सदcommittee name:केन्द्रीय कमिटी
राजनीतिक यात्रा
- विगतका आबद्धता
- तत्कालीन नेकपा एकता केन्द्र मशालको सदस्यको रुपमा उक्त पार्टीको बैधानिक मोर्चा संयुक्त जनमोर्चामा रहि काम गरेको ।
- राजनीतिक पृष्ठभूमि
- २०४४ साल देखि अनेरास्ववियुमा आवद्ध भई २०४९ को स्वबियु निर्वाचनमा सानोठिमी क्याम्पसमा सचीव पदमा निर्वाचित भएर काम गरेको। २०४८ मा तत्कालीन नेकपा (एकता केन्द्र) को पार्टी सदस्य प्राप्त गरेको। २०५४ सालको स्थानीय निर्वाचनमा साँया गाबिस-४, को वडा सदस्य निर्बिरोध निर्वाचित भएको। २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेलाई समर्थन गरि बिजयी बनाउन भुमिका खेलेको। २०६३ देखि लगातार दुई पटक नेकपा एमाले, केन्द्रीय सामाजिक बिभागको सदस्य भएको। २०६९ सालमा नेकपा एमाले, हुम्ला जिल्ला कमिटीको निर्बिरोध अध्यक्ष निर्वाचित भएर २०७८ सम्म करिब ११ बर्ष काम गरेको। २०७८ साल मंसिर महिनामा सम्पन्न दशौ महाधिवेशनबाट हाल सम्म दुई कार्यकाल खुला कलस्टरबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित भई काम गरिरहेको। एघारौं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएर हुम्ला जिल्ला इन्चार्जको रुपमा कार्यरत रहेको। २०७० सालमा नेकपा एमालेको तर्फबाट हुम्ला जिल्ला प्रतिनिधि सभाकालागी उम्मेदवार भइ निकटम प्रतीद्वन्दी भएको। २०७४ सालमा हुम्ला प्रदेश सभा-१ नेकपा एमालेको तर्फबाट निर्वाचित भएर कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रीको रुपमा साढे तीन बर्ष काम गरेको। २०७९ सालमा प्रतिनिधि सभाको उम्मेदवार भइ गठबन्धनसँग पराजित भएको।
- पार्टी कार्य
- अनेरास्ववियुबाट स्वबियुमा काम गरेको। करिब ११ बर्ष जिल्ला कमिटी हुम्लाको अध्यक्ष भइ काम गरेको। दुई कार्यकाल लगातार केन्द्रीय सद्स्य र हुम्ला जिल्ला इन्चार्जको रुपमा काम गरिरहेको। पार्टीको तर्फबाट कर्णाली प्रदेश सरकारको मन्त्रीको रूपमा काम गरेको।
- जनसंगठन कार्य
- तत्कालीन नेकपा एकता केन्द्र मशालको भातृ संगठन अनेरास्ववियु र वाइसिएलमा रहि काम गरेको ।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- master's_level
- विशेष रुचि/दक्षता
- - संगठन ब्यवस्थापन, नेतृत्व बिकास, एप्रीसिएटिभ इनक्वाइरी, मानव अधिकार तथा सामाजिक न्याय आदि
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:२०४६ को जनअन्दोलन २०४९ मा आम हडतालबाट पक्डीएर छोटो समय हिरासत बसेको।
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन।
- सामुदायिक संस्था
- कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रीको रुपमा साढे तीन बर्ष काम गरेको। कर्णाली प्रदेश सभा सदस्यको रूपमा ५ बर्ष काम गरेको। वडा सदस्य निर्वाचित भई काम गरेको र सानोठिमी क्याम्पसमा स्वबियु सचीव निर्वाचित भई काम गरेको।
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:बंगलादेशप्रयोजन:कार्यशाला गोष्ठी
- देश:जापानप्रयोजन:ब्यवस्थापन तालीम
- देश:क्यानाडाप्रयोजन:दुई पटक/सम्मेलन
- देश:फिलिपिन्सप्रयोजन:नेतृत्व बिकास तालिम
- देश:दक्षिण अफ्रीकाप्रयोजन:सम्मेलन
- देश:थाइल्याण्डप्रयोजन:ब्यवस्थापन तालिम
- देश:अमेरिकाप्रयोजन:सम्मेलन
